धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का १९ वर्षीय सुजन राई छन् ।
बा ४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले जेब्रा झोलामा १५ किलो गाँजा बोकेका थिए ।
यस्तै विराटनगर-१५ बाट २ ग्राम ८४ मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका-४ क...




























