
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













