संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-४ स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ झोलुङ्गे पुल माथिबाट खस्दा वृद्धाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-६ की करिब ७८ वर्षीया बिषमाया लिम्बु छन् । झोलुङ्गे पुल तर्ने क्रममा अचानक खोलामा खसेर वृद्धाको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

Advertisement

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!