भोजपुरमा आगलागी हुँदा जलेर बालिका घाईते, १५ लाखको क्षति

भोजपुरमा आगलागी हुँदा जलेर बालिका घाईते, १५ लाखको क्षति

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा आज दिउँसो आगलागी हुँदा जलेर एक बालिका घाईते भएकी छन् । अरुण गाउँपालिका–३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी ३ वर्षीया नातिनी बिष्णुमाया घाईते भएकी हुन् । घाईते बालिकालाई उपचारका लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दिउँसो साढे १ बजे विद्युत सर्ट भई आगलागी हुँदा कार्कीको टिनको छानो भएको कच्ची घरसहित घरभित्र रहेका ...
मुख्यसचिव बन्न ६ सचिवको दौडधुप

मुख्यसचिव बन्न ६ सचिवको दौडधुप

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो । मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । मुख्यसचिवको प्रतिस्प...
२०७७ असार १४ गते आइतबार/आजको राशिफल

२०७७ असार १४ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १४ गते आइतबार ई. सं. २०२० जुन २८, नेपाल सम्बत ११४० दिल्लाथ्व अष्टमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, उतरफाल्गुनी नक्षत्र, वरियन योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशा...
पाख्रीवास नगरपालिकाद्वारा कृषकलाई कागती र सुन्तलाका विरुवा वितरण

पाख्रीवास नगरपालिकाद्वारा कृषकलाई कागती र सुन्तलाका विरुवा वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखा प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडाको करिब २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी किसानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको हो । किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने चालु...
धनकुटामा सुरु भयो स्वास्थ्य बीमा, ३५ सय तिर्दा १ लाखको उपचार पाईने

धनकुटामा सुरु भयो स्वास्थ्य बीमा, ३५ सय तिर्दा १ लाखको उपचार पाईने

धनकुटा । धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं.७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएक...
२०७७ असार १३ गते शनिबार/आजको राशिफल

२०७७ असार १३ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १३ गते शनिबार ई. सं. २०२० जुन २७, नेपाल सम्बत ११४० दिल्लाथ्व षष्ठी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल षष्ठी, चन्द्रमा सिहं राशिमा, पूवृफाल्गुनी नक्षत्र, व्यतिपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै...
धनकुटासहित थप दश स्थानमा पीसीआर परीक्षण ल्याब संचालन गर्ने निर्णय

धनकुटासहित थप दश स्थानमा पीसीआर परीक्षण ल्याब संचालन गर्ने निर्णय

धनकुटा । धनकुटासहित थप दश स्थानमा कोरोना परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला संचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा बसेको आईसीएसको बैठकले दश वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो । धनकुटा अस्पताल, मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल,...
मोरङको बक्राहा खोलाले बगाउँदा महिलाको मृत्यु

मोरङको बक्राहा खोलाले बगाउँदा महिलाको मृत्यु

बिराटनगर । मोरङको बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हो । बिहिवार साँझ बक्राहा खोला नजिकै चौपाया चराईरहेकी उनी बाढी आएको खोलाले बगाउँदा बेपत्ता भएकी थिईन् । ईलाका प्रहरी कार्यालय सिजुवा र स्थानीयवासीले खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा आज बिहान उन...
चौबिसे गाउँपालिकाद्वारा ४४ करोड बजेट बिनियोजन

चौबिसे गाउँपालिकाद्वारा ४४ करोड बजेट बिनियोजन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बजेट प्रस्तुत गरेकी हुन् । पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख बजेट बिनियोजन गरिएको छ । सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख बजेट छ्याईएको छ । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेक २२ करोड...
२०७७ असार १२ गते शुक्रबार/आजको राशिफल

२०७७ असार १२ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १२ गते शुक्रबार ई. सं. २०२० जुन २६, नेपाल सम्बत ११४० दिल्लाथ्व पञ्चमी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल पञ्चमी, चन्द्रमा सिहं राशिमा, मघा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिहं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको ...
धनकुटाका राई हतियारसहित धरानबाट पक्राउ

धनकुटाका राई हतियारसहित धरानबाट पक्राउ

सुनसरी । धनकुटाको सहिदभूमीका एक युवा धरानबाट हतियारसहित पक्राउ परेका छन् । सहिदभूमी-६ का २७ बर्षीय रोशन राईलाई हतियारसहित धरान–१५ बाट प्रहरीले पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । धरानमा लुकीछिपी बसेका राईलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनल...
मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

बिराटनगर । मोरङमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङ लागेर मृत्यु भएको हो । आज दिउँसो पौने २ बजे बर्षासँगै आएको चट्याङ लाग्दा खेतमा धान रोपिरहेको अवस्थामा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
महालक्ष्मी नगरपालिकाको बजेट ५८ करोड

महालक्ष्मी नगरपालिकाको बजेट ५८ करोड

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि महालक्ष्मी नगरले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको हो । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बजेट ल्याएको महालक्ष्मी नगरले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पुर्याएको हो । संघीय सरकार र प्रदेश सरकार...
शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम

  काठमाडौं । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो । पछिल्लो समयमा निजी विद्यालयले पठनपाठन नभए पनि रकम तिर्न अभिभावकसँग ताकेता गरिरहेका ...
साउनभित्र एसईईको नतिजा

साउनभित्र एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बो...
उपत्यकामा खोइ क्वारेन्टिन ?

उपत्यकामा खोइ क्वारेन्टिन ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि...
२०७७ असार ११ गते बिहिबार/आजको राशिफल

२०७७ असार ११ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ११ गते बिहिबार ई. सं. २०२० जुन २५, नेपाल सम्बत ११४० दिल्लाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, अश्रलेषा नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७: ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशा...
पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

झापा । झापामा पानी जमेको खाल्डोमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ कंचनवारीका श्याम कुमार टुडुकी साढे १ बर्षीया छोरी अनुसाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । दिउँसो पौने ३ बजे घरमै खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालिका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर । बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट २२ बोतल लागुऔषध कोरेक्ससहित स्थानीय १९ बर्षीय सुधिर पासवानलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका पासवानको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिराटनगरका दुई जना अष्ट्रेलियामा पक्राउ, ठगी गरेको आरोप

बिराटनगरका दुई जना अष्ट्रेलियामा पक्राउ, ठगी गरेको आरोप

बिराटनगर । अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धालाई हजारौं डलर ठगी गरेको आरोपमा बिराटनगरका दुई जना पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । ती वृद्धालाई उनकै...
सर्लाहीमा घुस लिएको अरोपमा लेखा अधिकृत र लेखापाल पक्राउ

सर्लाहीमा घुस लिएको अरोपमा लेखा अधिकृत र लेखापाल पक्राउ

सर्लाही । हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई चार हजार रूपैयाँसहित  पक्राउ गरेको जनाइएको छ।  सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कम...
२०७७ असार १० गते बुधबार/आजको राशिफल

२०७७ असार १० गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल असार १० गते बुधबार ई. सं. २०२० जुन २४, नेपाल सम्बत ११४० दिल्लाथ्व तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल तृतीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, व्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर...
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा भारतको पश्चिम बङ्गाल घर भएका चालक २७ बर्षीय सञ्जय बरमनको मृत्यु भएको हो । मानेभञ्ज्याङबाट थाक्लेतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बरमन गम्भीर घाईते भएका थिए । ...
सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । ईटहरी–८ खोलाटोलीस्थित भित्रि सडक खण्डमा को.३९ प.५५७२ नम्बरको मोटरसाईकलको ठक्करबाट सुनसरी ईनरुवा–७ का ३५ बर्षीय मोहमद नजुन मियाको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट साईकलयात्री मोहमदको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तमोर नदीले बगाउँदा तीन जना बेपत्ता

तमोर नदीले बगाउँदा तीन जना बेपत्ता

धनकुटा । तेह्रथुम र ताप्लेजुङका तीन जनालाई तमोर नदीले बगाएको छ । तेह्रथुमका दुई र ताप्लेजुङका एक जनालाई सोमबार दिउँसो नदीले बगाउँदा बेपत्ता भएका हुन् । दिउँसो ३ बजे साथीहरुसँग तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोरले बगाएको हो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका उनीहरुको खोजी भईरहेको भएपनि हालसम्म फेला नपरेको प्...
धरानबाट १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरानबाट १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरान । धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत १३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । झापा र मोरङका १५ देखि ४१ बर्षसम्मका पुरुषहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुँनेमा मोरङका १२ र झापाका एक जना छन् । उनीहरु जेठ २८ र ३१ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरि...
२०७७ असार ९ गते मंगलबार/आजको राशिफल

२०७७ असार ९ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ९ गते मंगलबार ई. सं. २०२० जुन २३, नेपाल सम्बत ११४० दिल्लाथ्व द्दितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल द्दितीया, चन्द्रमा मिथुन राशिमा,पुनर्वशु नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जु...
५३५ जना थपिए कोरोना संक्रमित

५३५ जना थपिए कोरोना संक्रमित

काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७४ महिला र ४६१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा १२ जना र झापामा ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये २ हजार १ सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । हालसम्म रसुवा बाहेक नेपालका ७६ जिल्लामा...
प्रदेश १ को प्रदेश सभा बैठकमा काँग्रेसको अवरोध, बैठक स्थगित

प्रदेश १ को प्रदेश सभा बैठकमा काँग्रेसको अवरोध, बैठक स्थगित

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश १ सरकार र मुख्यमन्त्रीको धरणा माग गर्दै काँग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । अवरोधका कारण बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर बिरोध जनाएका थिए । अवरोध पछि सभामुख प्रदीपकुमार भण्डारीले एक जना प्रतिनिधिलाई धारणा राख्न अनुमति दिए । सो क्रममा बोल्दै कां...
पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरेमा आज मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । पथरीशनिश्चरेस्थित भित्री सडक खण्डमा बिहान साढे ९ बजे बा.६९ प.७४५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकलमा सवार पथरीशनिश्चरे–१० का ६० बर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट टाउकोसहित बिभिन्न भागमा चोट लाग्दा खड्का गम्भीर घाईते भएका थिए । उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पताल लगिएका उनको दिउँ...
भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा

भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा

भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्। काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए। उनले भने “...
error: Content is protected !!