धनकुटामा थप एक साता आवतजावतमा प्रतिबन्ध
धनकुटा । धनकुटामा आज रातीदेखि थप एक साताका लागि अत्यावश्यक काम बाहेक आवतजावतमा प्रतिबन्ध लगाईएको छ । भदौं ४ गते बिहिबार (आज) राती १२ बजेदेखि भदौ ११ गते बिहिबार राती १२ बजेसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धेरै व्यक्तिसँग सम्पर्कमा रहेका सहिदभूमी गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएपछि सर्तकताका लागि थप एक साता आवतजावतमा ...





























