रबिन कटेल

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

यसअघि पनि धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु उपचार पश्चात निको भईसकेका छन् । धनकुटामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा एक जनाको उपचार भईरहेको छ । धनकुटाको चौबिसे गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि पठाईएका ३१ जनाको रिपोर्ट आउँन बाँकी छ ।

धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement