
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बुधबारदेखि एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधबारदेखि आगामी मंगलबारसम्म नगर कार्यपालिका, वडा कार्यालयहरु र सेवा केन्द्रहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने कार्यपालिकाले निर्णय गरेको हो ।
जस अनुसार स्वास्थ्य चौकी र स्वास्थ्य क्लिनिकबाट प्रवाह हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, नगर प्रहरी, खानेपानी बिपद् व्यवस्थापन र कडा रोग उपचार सहुलियतका लागि सिफारिस सेवा मात्र प्रवाह हुनेछ ।
कोरोना भईरसको जोखिम बढ्दै गएकाले नगर क्षेत्रमा भीडभाड कम गरी जोखिम न्यूनिकरण गर्ने उद्धे्श्यले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।















