संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । धरान उप–महानगरपालिका–१६ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमाललाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

घरमा गाँजा लुकाएर राखेको भन्ने सुराकी पाएपछि बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो । घरबाट गाँजा बरामद भएपछि धिमाललाईसमेत पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!