
बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक डाक्टर, एक नर्श र अस्पताल भित्र रहेको सुस्वास्थ्य फार्मेसीमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । योसँगै नोबेल अस्पतालमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।















