
बिराटनगर । प्रदेश १ मा आज १२१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा र पाँचथरका १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ८९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी मोरङमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बिराटनगरमा २० महिला र ३२ पुरुष, बुढिगंगामा १ महिला र १ पुरुष, रंगेलीमा ५ महिला र ४ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङका एक÷एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै सुनसरीको ईटहरीमा ४ पुरुष, धरानमा २ पुरुष, दुहबीमा ३ महिला र ८ पुरुष, बर्जुमा १ महिला र ४ पुरुष, हरीनगरामा १ महिला र १२ पुरुष र रामधुनीमा २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, झापाको भद्रपुरमा ३, दमकमा ८ र बिर्तामोड, कचनवकल र कमल गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै झापाका दुई जनाको ठेगाना खुलेको छैन ।
त्यस्तैगरी पाँचथरका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ३१ पुगेको छ । जसमध्ये १ हजार १ सय जना निको भएका छन् । प्रदेश १ मा हालसम्म १५ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ कै अस्पतालमा मृत्यु भएका चार जना भने १ नम्बर प्रदेश बाहिरका हुन् ।















