रबिन कटेल
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निगालेका १९ बर्षीय निकेश तामाङ छन् ।

घटना साउन २७ गतेको हो । तामाङले ती बालिकालाई फकाई गाउँकै खाली घरमा लगेर बलात्कार गरेको आरोप छ । बालिका परिवारसँग एक दिन सम्पर्कबिहिन भएकी थिईन् । त्यसको भोलिपल्ट उनी घर पुगिन् । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेपछि उनको परिवारले प्रहरीमा उजुरी गरेको हो ।

Advertisement

उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए । पक्राउ परेका तामाङबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको बिषयमा अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

यसअघि धनकुटा नगरपालिका–८ टेकुनालामा १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

धनकुटामा १० बर्षीया बालिका बलात्कृत

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement