कविता : भगवान हुन् नारी
नौ महिना गर्भमा राखी
कयौं दु:ख र पीडा
सहझै स्विकार्ने
ती मेरी आमा हुन् नारी
रजस्वलाको कयौं
कष्टलाई हर्षमा
बदल्ने जिउदो
भगवान हुन् नारी।
प्रत्येक पल्ट आमा बन्दा
आफ्नो जीवनलाई
मृत्युको मुखमा पुर्याउने
महान योद्धा हुन् नारी
आफू भोक र तिर्खा सहेर
नखाई नखाई
अरुलाई खुवाउने
मेरी आमा हुन् नारी।
पुरुषप्रधान देशको
हरेक यातना सहने
शाहसी व्यक्ति हुन् नारी
घर धन्दादेखि
मेलापातसम्म
...




























