जबरजस्ती करणीपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जन्मकैद
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद हुने भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २२ वर्षीय अनिष सरदारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो ।
सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थाम...






























