सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार पाँच सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय, सोमबार दुई लाख ८६ हजार छ सय र आइतबार तीन...































