संगालोखबर


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु हुनुपर्ने बताएकी छन् ।

आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन चुनाव केन्द्रित गरिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको उल्लेख गरिन् ।

नवयुवा आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी दिँदै उनले सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिवद्धताका साथ सरकार अघि बढिरहेको दाबी गरिन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!