संगालोखबर


विराटनगर । निर्वाचन कार्यालय कोशी प्रदेशका कर्मचारीहरू निर्वाचन सम्बन्धी कामकाजमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन लक्षित कर्मचारीहरू बिदाको दिन तथा अतिरिक्त समयमा निर्वाचन सम्बन्धी कामकाजमा व्यस्त भएका हुन् ।

निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी आवश्यक कागजात तथा सामग्रीहरू आउने क्रम जारी रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले बताए ।

अहिले ब्यालेट बक्स, निर्वाचनअघि र पछि आवश्यक पर्ने विभिन्न अनुसूचीहरू, मतदाता नामावली लगायतका सामग्रीहरू मतदानस्थलमा पठाउनका लागि रुजु गर्ने काम भइरहेको उनको भनाइ छ ।

समयभित्रै आवश्यक सामग्रीहरू तयार पारी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत तालिममा केही वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालयमा जनशक्ति कम भएकाले अन्य कार्यालयबाट समेत काजमा बोलाइएको सूचना अधिकारी अधिकारीले बताए ।

मतपत्र खसाल्ने बाकस सरसफा कार्यक्रम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । मोरङमा आवश्यक पर्ने बाकस पर्याप्त रहेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!