
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ३५ रुपैयाँ बढेर पाँच हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













