संगालोखबर


विराटनगर । नेकपा एमालेका सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले एमालेको विजय यात्रा नरोकिने दाबी गरेका छन् ।

विराटनगरमा आज प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजय यात्रा नरोकिने दाबी गरेका हुन् ।

उनले फागुन २१ गते हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने जिकिर समेत गरे । बालेन शाहलाई झापा–५ बाट उठाएर उनको राजनीतिक यात्रा समाप्त पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै भूमिका खेलेको हुनसक्ने उनको तर्क छ ।

उनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले रास्वपाले त्यहाँ पठाएको देखिएको उनले बताए ।

उनले सामाजिक सञ्जाल र मिडियामा देखिएको लहर अस्थायी भएको र यसले स्थापित दलीय व्यवस्थालाई विस्थापित गर्न नसक्ने उल्लेख गरे । उनले नयाँ दलहरूलाई खहरे खोलाको संज्ञा दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!