खोटाङमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
सडक निर्माणका लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजे रोडबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी सोही ट्याक्टरमा सवार खोटाङको रावावेशी–४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
...


























