- संगालोखबर सम्वाददाता

झापा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत खाम्याहाङको आज दिउँसो निधन भएको हो ।

Advertisement

अर्जुनधारा नगरपालिकाकी उप–प्रमुख कमला खतिवडाले खाम्याहाङको निधन भएको पुष्टि गरिन् । ‘कोरोना लागेर अलिक सारो पारेपछि बिएण्डसीमा भर्ना गरेर उहाँको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज दिउँसो निधन भयो,’ संगालोखबरसँग उप–प्रमुख खतिवडाले भनिन्, ‘उहाँ वित्नुभएको खबर आएकाले हामी अहिले हस्पिटल जाँदैछौ ।’

प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङलाई गत वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनी केही दिन आफ्नै क्वाटरमा र दुई दिन अर्जुनधारा नगरपालिकाको आइसोलेशनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई बैशाख १७ गते बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारका क्रममा केही दिन उनलाई भेन्टिलेटरबाट निकालिएको थियो । तर, पुनः अवस्था गम्भीर बनेर दिउँसो २ः३० बजे उनको निधन भएको हो । उनी केही बर्ष अघि धनकुटा नगरपालिकामा पनि कार्यकारी अधिकृत भएर बसेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!