धनकुटा । धनकुटामा सोमबार साँझ थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ९४ जनाको पीसीआर परीक्षण गर्दा २३ पुरुष र २१ महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । सोमबार बिहान पनि जिल्लाका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटामा आज एकैदिन थपिएका कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।
साँझ आएको पीसीआर रिपोर्ट अनुसार धनकुटा नगरपालिकाका २६ जना, छथर जोरपाटी गाउँपालिकाका १५ जना तथा पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका र सहिदभूमि गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका १ का ४६, २९ र ५६ बर्षीय पुरुष, ४५, २८ र २९ बर्षीया महिला, धनकुटा–३ का ४०, ४८ र ४६ बर्षीय पुरुष, ३५, ४३ र ३३ बर्षीया महिला, धनकुटा–४ का ४८, ५० बर्षीय पुरुष र ४६ बर्षीया महिला, धनकुटा–५ का ६०, ४९ बर्षीय पुरुष, ४०, २३ र ४७ बर्षीया महिला, धनकुटा–६ का ४९ र ६६ बर्षीय पुरुष र २४ बर्षीया महिला, धनकुटा–७ का ३४ बर्षीय पुरुष, २४ र २५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
छथर जोरपाटी गाउँपालिका–३ का ३२ र ५२ बर्षीया पुरुष, २८, ३९, २४ र ७० बर्षीया महिला, छथर जोरपाटी–४ का २०, २३, २८, १९ र ६९ बर्षीय पुरुष, ३१ र ३२ बर्षीया महिला, छथर जोरपाटी–६ का १९ र ३३ बर्षीया महिलाको रिपोर्ट पोजिटिभ आएको छ । महालक्ष्मी नगरपालिका–१ का २३ बर्षीय पुरुष, पाख्रीवास नगरपालिका–८ का ४० बर्षीय पुरुष र सहिदभूमि गाउँपालिका–३ का २९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
१२८ जनाको पीसीआर परीक्षण गर्दा बिहान ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजिटिभ आएको थियो । बिहानको रिपोर्ट अनुसार धनकुटा नगरपालिकामा १७ जना, चौविसे गाउँपालिकामा १४ जना, साँगुरीगढी गाउँपालिकामा १३ जना, महालक्ष्मी नगरपालिकामा १० जना, पाख्रीवास नगरपालिकामा ४ जना र छथर जोरपाटी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै सोमबार धनकुटामा ५३ महिला र ५१ पुरुष गरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।