गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने थप १० जनालाई सोमबार जरिवाना तिराइएको छ । निषेधाज्ञा पालनामा अटेरी गर्नेहरुलाई प्रहरीले जनही एक/एक सयका दरले जरिवाना तिराएको हो ।

Advertisement

निषेधाज्ञा अवधिमा अनावश्यक हिडडुल गर्ने, सवारी कुदाउँने र बजारमा पसल खोल्नेहरुलाई कारवाही स्वरुप जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, निषेधाज्ञा उल्लंघन गर्ने ३०१ जनालाई सडकमै केही समय उभ्याएर पुनः निषेधाज्ञा उल्लंघन नगर्ने शर्तमा छोडिएको छ ।

त्यस्तैगरी निषेधाज्ञा उल्लंघन गरी विनापास सवारी कुदाउँने ५९ वटा मोटरसाइकल, १० वटा टेम्पो र ५२ वटा चारपाङ्ग्रे सवारी साधनका चालकलाई पनि सडकमा उभ्याएर सचेत गराइएको छ । यसअघि आइतवारसम्म ७६१ जनालाई सचेत गराइएको थियो । योसँगै जिल्लामा निषेधाज्ञा उल्लंघन गरेर जरिवाना तिर्नेको संख्या ४८ पुगेको छ । उनीहरुबाट ४ हजार ८ सय राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि प्रशासनले धनकुटा जिल्लाभर जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!