१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । प्रहरी कार्यालयको हाताभित्र सञ्चालित शिविरमा नोबेल अस्पतालका नाक, कान, घाँटी, आँखा, दाँत, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री रोग र फोक्सो...
जापानमा सुतिरहेको अवस्थामा राईको मृत्यु

जापानमा सुतिरहेको अवस्थामा राईको मृत्यु

काठमाडौं । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको मृत्यु भएको हो । १३ वर्षदेखि श्रीमतीसहित जापानमा बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । राति श्रीमती कामबाट फर्कँदा राईलाई मृत अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेर प्रहरीको जिम्मा लगाइएको पारिवारिक स्रोतले जनाएको छ । राईको मृत्युको क...
२०७९ पुष ३ गते आइतबारको राशिफल

२०७९ पुष ३ गते आइतबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १८ नेपाल सम्बत ११४३ थिंलागा दशमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण दशमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, सौभाग्य योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज ...
निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो निर्वाचन परिणाम प्रतिवेदन

निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो निर्वाचन परिणाम प्रतिवेदन

विराटनगर । निर्वाचन आयोगले सात वटै प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम शनिबार दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सह-सचिव सहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको क...
निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचित सांसदको विवरण आज प्रदेश प्रमुखलाई बुझाउने

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचित सांसदको विवरण आज प्रदेश प्रमुखलाई बुझाउने

विराटनगर । निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ । आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको राजधानी...
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार मोरङको बेलबारी नगरपालिका–८ की ५८ वर्षीया तुलसादेवी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक बेलबारी–१० का ५८ वर्षीय शुक्रबहा...
२०७९ पुष २ गते शनिबारको राशिफल

२०७९ पुष २ गते शनिबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १७ नेपाल सम्बत ११४३ थिंलागा नवमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण नवमी, चन्द्रमा कन्या राशिमा उत्तर पmाल्गुनी नक्षत्र, आयुष्मान योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल ...
ढुङ्गाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

ढुङ्गाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादका क्रममा ३६ वर्षीया श्रीमती सुशीला विकले ४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेकी हुन्  । पोखरा महानगरपालिका–३० स्थायी घर भई शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका उनीहरूबीच बुधबार राति झगडा भएको थियो । मादक पदार्थ सेवन गरेकी सुशीलाले सोही क्रममा मनबहादुरको टाउकोमा ढुङ्गाले...
खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङ । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन् । पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए । गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन् । धनबह...
प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

विराटनगर । प्रदेश १ का पहाडी भू-भागको एक–दुई स्थानमा शुक्रबार हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ । त्यस्तै तराईका भू-भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...
२०७९ पुष १ गते शुक्रबारको राशिफल

२०७९ पुष १ गते शुक्रबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १६ नेपाल सम्बत ११४३ थिंलागा अष्टमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण अष्टमी, चन्द्रमा सिंह राशिमा पूर्व पmाल्गुनी नक्षत्र, प्रीति योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल ...
औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई राष्ट्रपतिको आग्रह

औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई राष्ट्रपतिको आग्रह

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । विराटनगरमा बिहिबारबाट सुरु भएको विराट एक्स्पो उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष ग...
धनकुटाको विश्रान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

धनकुटाको विश्रान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

धनकुटा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहीबार धनकुटा नगरपालिका–९ मूलघाटस्थित बिश्रान्ती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रोटरी क्लब अफ विराटनगरको सहयोगमा नोबेलले एकदिने शिविर सञ्चालन गरेको हो । शिविरमा नोबेलका स्त्रीरोग विशेषज्ञ प्रा.डा.सिता घिमिरेसहित विशेषज्ञ डाक्टरहरूको टोलीले ३ सय २० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दि...
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचित सांसदको विवरण

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचित सांसदको विवरण

काठमाडौ । प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा आज बिहान आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन् । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कूल २७५ सदस्यहरूको विवरण पेस गरेको हो । सात...
बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसीबाख्रा मरे, ८० लाखको क्षति

बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसीबाख्रा मरे, ८० लाखको क्षति

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी भएको छ । आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् । कुन्तादेवीमा सञ्जय खत्रीले सञ्चालन गरेको फर्ममा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागीबाट फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिए...
२०७९ मंसिर २९ गते विहीबारको राशिफल

२०७९ मंसिर २९ गते विहीबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १५ नेपाल सम्बत ११४३ थिंलागा सप्तमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण सप्तमी, चन्द्रमा सिंह राशिमा पूर्व नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ। आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।...
विराट एक्स्पोको तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराट एक्स्पोको तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा बिहिबारदेखि सुरु हुन लागेको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा हुँने एक्स्पोको बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । पुस ६ गतेसम्म एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको छ । एक्स्पो विगतभन्दा फरक र भव्य हुने आयोजकको दावी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पो आयोजना...
सांसद शर्माको पहलले सार्थकता पाउँदै: गोठगाउँमा मेडिकल कलेज चलाउँन सरोकारवालाहरु सहमत

सांसद शर्माको पहलले सार्थकता पाउँदै: गोठगाउँमा मेडिकल कलेज चलाउँन सरोकारवालाहरु सहमत

काठमाडौं। मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा मंगलबार काठमाडौंमा भएको सरोकारवालाहरुको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय गरेको हो । डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार नै गोठगाउँमा पनि मेडिकल कलेज सञ्...
काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काठमाडौं । काभ्रेमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा पल्टिएको हो । घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । नेपाल प्रहरी र...
माघमा धनकुटा महोत्सव हुने

माघमा धनकुटा महोत्सव हुने

धनकुटा । आगामी माघमा धनकुटा महोत्सव गरिने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आज बसेको बैठकले माघ ६ देखि १६ गतेसम्म १ नम्बर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव गर्ने निर्णय गरेको हो । सदैझै यस पटक पनि टुँडिखेलमा महोत्सव आयोजना गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । महोत्सवलाई भव्य रुपमा सफल बनाउन उद्योग वाणिज्य संघका अध्यक्ष रा...
विराटनगर महानगरले थाल्यो कर उठाउँने अभियान

विराटनगर महानगरले थाल्यो कर उठाउँने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्ने र कर संकलन गर्ने अभियान थालेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कामलाई गति दिन महानगरले अभियान सञ्चालन गरेको हो । महानगरका मेयर नागेश कोइरालाले मंगलबार अभियानको शुभारम्भ गरे । विराटनगर–४ स्थित ढाटबाट मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभि...
इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...
विराट एक्स्पोमा जान निःशुल्क बसको व्यवस्था, होटलमा पनि छुट

विराट एक्स्पोमा जान निःशुल्क बसको व्यवस्था, होटलमा पनि छुट

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि सञ्चालन हुन लागेको विराट एक्स्पोमा जानका लागि निःशुल्क बसको व्यवस्था मिलाइने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा पुस ६ गतेसम्म हुने एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क) सेवा सञ्चालनमा ल्याइने भएको हो । एक्स्पो अवलोकन गर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर ...
खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो । एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना...
२०७९ मंसिर २७ गते मंगलबारको राशिफल

२०७९ मंसिर २७ गते मंगलबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १३ नेपाल सम्बत ११४३ थिंलागा पञ्चमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण पञ्चमी, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, वैथृति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुने...
चुनावी बाचा भटाभट पुरा गर्दै सांसद शर्मा: विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

चुनावी बाचा भटाभट पुरा गर्दै सांसद शर्मा: विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

विराटनगर । नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबा...
त्रिवेणी र निजामतीले जिते उपाधि

त्रिवेणी र निजामतीले जिते उपाधि

धनकुटा । धनकुटामा सञ्चालित विद्यालय स्तरीय फुटबल प्रतियोगितामा प्रावितर्फ त्रिवेणी स्कुल र मावितर्फ निजामती स्कुलले उपाधि जितेका छन् । पहिलो चरणमा भएको प्रावितर्फको खेलमा निजामती आवासीय विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिवेणी माध्यमिक विद्यालयले उपाधि जितेको हो । उपाधिसँगै त्रिवेणीले १० हजार १ सय ११ र उपविजेता निजामतीले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै दोस्रो चरणको खे...
झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ६ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाक...
कांग्रेसका धनकुटा नगर सभापति श्रेष्ठसहित दुई जना पक्राउ

कांग्रेसका धनकुटा नगर सभापति श्रेष्ठसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट गरेको आरोपमा कांग्रेसका धनकुटा नगर सभापति नरेश श्रेष्ठसहित दुई जना पक्राउ परेका छन् । ज्यान मार्ने प्रयास गरेर कार्कीमाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले नगर सभापति श्रेष्ठसहित नगर सदस्य शिव पुजन शाहलाई पनि पक्राउ गरेको हो । दुवै जनालाई पक्राउ गरी उनीहरूविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर...
चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालीन अस्पताल चलाइने

चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालीन अस्पताल चलाइने

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल ...
शिक्षकको चार हजार दरबन्दी थपिदै

शिक्षकको चार हजार दरबन्दी थपिदै

काठमाडौं । करिब ४ हजार शिक्षकका लागि नयाँ दरबन्दी खुलाइने भएको छ । ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी खुलाउने तयारी गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्राथमिक तहमा ३ हजार १ सय ८६, निम्न माध्यमिक तहमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त छ । देशभर रिक्त रहेका पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । देशभरका विद्यालय...
error: Content is protected !!