सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले आगो लगाएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले सुरुमा मन्त्री गुरुङको घरमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि आगजनी गरिएको हो ।  
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्यो

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्यो

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइ छ । जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनासहित १९ जनाले ज्यान गुमाए...
गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर धेरैको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गोलीसमेत चलाएको थियो । सो क्रममा हालसम्म...
अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

अपडेट : जेनजी प्रदर्शनमा मृतकको संख्या १९ पुग्यो

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंमा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ पुगेको हो । प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो । इटहरीका भने प्रदर्शनकारीको गोली लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको हो । प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिचय खुलेको छैन । प्रदर्शन...
इटहरीमा कर्फ्यु आदेश जारी

इटहरीमा कर्फ्यु आदेश जारी

विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी गर्नुका साथै ढुङ्गामुढा गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा आगजनी गरेका हुन् । अहिले पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ । प...
सरकारप्रति जेनजीको आक्रोश, विराटनगरका विभिन्न स्थानमा प्रदर्शन

सरकारप्रति जेनजीको आक्रोश, विराटनगरका विभिन्न स्थानमा प्रदर्शन

विराटनगर । देशभरसँगै विराटनगरमा पनि जेनजी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल बन्द, बेथिति र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका हुन् । विराटनगरको आन्दोलनमा आएका जेनजी पुस्ताका श्रीजल कार्कीले भ्रष्टाचारको अन्त्य हुनुपर्ने तथा युवाहरूको आवाज दबाउन नहुने लगायतलाई मध्यनजर गर्दै प्रदर्शन गरिएको बताए । उनले युवापुस्ताको कुरा सरकारले सुन्नुपर्ने उल्लेख गरे । सरकारले रोजगा...
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । सामाजिक सञ्जाल  बन्द र भ्रष्टाचारको विरोधमा युवापुस्ताको आन्दोलन चर्किएका बेला आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । काठमाडौँ, विराटनगर, इटहरी लगायत देशका ठूला शहरहरूमा आन्दोलन जारी...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जेनजी पुस्ताले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुलेको छैन । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्...
जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो 

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टर र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । यस्तै केएमसीमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्र...
सांसद शर्माको केएमसीले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने

सांसद शर्माको केएमसीले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने

काठमाडौँ । सांसद डा.सुनिल शर्माको काठमाडौँ मेडिकल कलेजले जेनजी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको हो । अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । उपचारका क्रममा...
इटहरीमा पनि चल्यो गोली

इटहरीमा पनि चल्यो गोली

विराटनगर । सुनसरीको इटहरीमा पनि गोली चलेको छ । जेनजीको प्रदर्शन तनावग्रस्त भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । ‘अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास र हवाई फायर गरिएको हो’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले संगालोखबरसँग भने, ‘ अवस्था अहिले पनि तनावग्रस्त छ ।’ कति हवाई फायर भयो भन्ने खुल्न बाँकी छ । प्रदर्शनकारी इटहरी उपमहानगरपालिका प्रवेश गरेपछि हवाई फायर भएको जनाइएको छ । जेनजी...
अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

अपडेट : काठमाडौंमा गोली लागेर थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ । गोली लागेर घाइते भएका एक २० वर्षीय युवाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न बाँकी छ । यसअघि गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदर्शनमा करिब ७०/८० जना घाइते भएका र उनीहरूको विभिन्न अस...
जेनजी प्रदर्शन : काठमाडौंमा गोली लागेर एक जनाको मृत्यु

जेनजी प्रदर्शन : काठमाडौंमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा गोली लाग्दा एक जनाको मृत्यु भएको छ । आज भएको प्रदर्शनमा गोली लागेर घाइते भई उपचारका लागि सिभिल अस्पताल लगिएकामध्ये एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेको परिचय खुल्न बाँकी छ । सिभिल अस्पतालका अनुसार ७०/८० जना प्रदर्शनकारीको उपचार भइरहेको छ । गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त भएको छ ।
जेनजी प्रदर्शन : दमकमा हवाई फायर, प्रहरी र प्रर्दशनकारी घाइते

जेनजी प्रदर्शन : दमकमा हवाई फायर, प्रहरी र प्रर्दशनकारी घाइते

विराटनगर । झापाको दमकमा प्रहरीले हवाई फायर गरेको छ । जेनजीको प्रदर्शन उग्र बनेपछि गोली चलाउनु पर्ने अवस्था आएको प्रहरीले जनाएको छ । ढुङ्गामुढासँगै आगजनी प्रयास भएपछि हवाई फायर गरिएको झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘अहिले पनि अवस्था सामान्य भइसकेको छैन्’, प्रहरी उपरीक्षक लिम्बुले संगालोखबरसँग भने, ‘भीड अराजक भएपछि हवाई फायर गर्नुपर्ने अवस्था आयो ।’ प्रदर्शनका क्रममा प्रदर्शन...
संसद भवनभित्र छिरे जेनजी, प्रहरीले चलायो गोली

संसद भवनभित्र छिरे जेनजी, प्रहरीले चलायो गोली

काठमाडौँ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्ता (जेनजी) संसद भवनभित्र प्रवेश गरेका छन् । प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू संसद भवनभित्र छिरेका हुन् । उनीहरु गेटमाथि चढेर भवनभित्र प्रवेश गरेका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाईफायर गरेको छ । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
विराटनगरमा यस्तो देखियो युवा पुस्ताको प्रदर्शन (फोटो फिचर)

विराटनगरमा यस्तो देखियो युवा पुस्ताको प्रदर्शन (फोटो फिचर)

विराटनगर । विराटनगरमा पनि युवा पुस्ताले आज प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।  तस्वीर: मोहन ढकाल/संगालोखबर
विराटनगरका यी स्थानमा गर्दैछन् जेनजीले प्रदर्शन 

विराटनगरका यी स्थानमा गर्दैछन् जेनजीले प्रदर्शन 

विराटनगर । आज देशका विभिन्न स्थानसँगै विराटनगरमा पनि जेनजीले प्रदर्शन गर्ने भएका छन् । भ्रष्ट्राचार, सामाजिक सञ्जाल बन्द, अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध जेनजीले प्रदर्शन गर्न लागेका हुन् । विराटनगरमा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन हुनेछ । यस्तै दिउँसो महेन्द्र चोकमा प्रदर्शन गर्ने जेनजीको तयारी छ । प्रदर्शनका लागि युवाले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर...
बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

बेथिति र भ्रष्टाचारविरुद्ध आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

विराटनगर । आज जेनजी पुस्ताले प्रदर्शन गर्ने भएका छन् । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्न लागेका हुन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् । प्रदर्शनको उद्देश्य भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता ...
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक ब...
समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

समन्वय र सहकार्यमा पालिका चलाउन एमाले साँगुरीगढीले गरायो ध्यानाकर्षण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकालाई समन्वय र सहकार्यमार्फत कार्यपालिका सञ्चालन गर्न एमालेले ध्यानाकर्षण गराएको छ । एमाले गाउँपालिका कमिटीले पालिका एकल पार्टीको मात्र नभएकाले समन्वय र सहकार्य गर्न ध्यानाकर्षण गराएको हो । निर्वाचित जनप्रतिनिधि तथा स्थानीय तहमा कार्यरत कर्मचारी सबैले कानुन मान्नुपर्ने र कानुनले निर्दिष्ट गरेको कुरा पालना गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । एमाले...
सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ता प्रदर्शनमा उत्रने

सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ता प्रदर्शनमा उत्रने

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले भोलि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । भोलि बिहान ११ बजे माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गर्न लागका हुन् । यस सम्बन्धी जेनजी पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड नै चलाएका छन् । प्रर्दशनमा विद्यार्थीको पोशाक, परिचय पत्र, एउटा किताब र एफोर साइजको खाली कागजसहित उपस्थित हुन आग्रह गरिएको छ । टिकटकमा नेताहरू र उनीहरूका...
भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

भेडेटारका २३ होटलमा स्तरीकरणको लोगो टाँसियो, ८ वटालाई सुधार गर्न निर्देशन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा सञ्चालित ३१ वटा होटल तथा रेष्टुरेन्ट मध्ये २३ वटा स्तरीकरणमा परेका छन् । आठ वटालाई भने सुधार गर्न निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र डिभिजन कार्यालय धनकुटाले गरेको संयुक्त अनुगमनमा २३ वटा होटल तथा रेष्टुरेन्टमा स्तरीकणको लोगो टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने निर्देशिका २०७४ अनुसार अनु...
सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते

सुनसरी । सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका-१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित श्रीमान श्रीमतीलाई बगाएकोमा श्रीमान बेपत्ता भएका हुन् । खोलाले बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनकी श्रीमती २७ वर्षीय सिलु खड्गीलाई प्रहरीले उद्धार गरेको छ । उनको घरानस्थित बी...
सुनको मूल्य दुई लाख १२ हजार पुग्यो, नयाँ रेकर्ड कायमै

सुनको मूल्य दुई लाख १२ हजार पुग्यो, नयाँ रेकर्ड कायमै

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । महासङ्घका अनुसा...
धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटाबाट आठ करोड बढीको अलैँची निर्यात

धनकुटा । धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ । खोल्सीको ‘कालो सुन’ ले परिचित  अलैँची उत्पादनमा वृद्धि भएसँगै निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ५० लाख ६३ हजार बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले धनकुटाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गतवर्ष ५ दशमलव २ मेट्रिक टन अर्थात एक करोड चार लाख बराबरको अलैँची निर्यात भएको हो । गत आर्थिक...
इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलामको सुकिलुम्बा विमानस्थल सुनसान

इलाम । इलाम नगरपालिका-९ मा रहेको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान छ । जिल्लावासीले विमानस्थल नियमित सञ्चालन हुनपर्ने माग गरिरहेपनि नियमित उडान हुन सकेको छैन । यो विमानस्थलमा गत आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भएको थियो । तर अहिले विमानस्थल जहाज उडानको पर्खाइमा छ । गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । यो विमानस्थलमा २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले गरेको परीक्षण उडान सफल भएको...
कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

विराटनगर । कोशी प्रदेशका पाँचसहित देशभरका ६१ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । तर, ६१ स्थानीय तहले हालसम्म पनि बजेट सार्वजनिक नगरेका हुन् । बजेट...
मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

मानव बेचबिखनविरुद्ध धनकुटामा प्रभातफेरी

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर...
आजबाट एमालेको दोस्रो विधान महाधिवेशन, देशभरका प्रतिनिधि ललितपुरमा

आजबाट एमालेको दोस्रो विधान महाधिवेशन, देशभरका प्रतिनिधि ललितपुरमा

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने अधिवेशन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् । बिहान ११ बजेका लागि उद्‌घाटन कार्यक्रम तय गरिएको छ । महाधिवेशनमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरू राजधानीमा भेला भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हज...
सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

सिधुवामा रक्तदान, ४० पिन्ट रगत संकलन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६  सिधुवामा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । आज नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । आकस्मिक अवस्थामा सहजै रगत उपलब्ध होस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको  रेडक्रस सिधुवा उपशाखाका सभापति निलबहादुर थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, सुरक्षा निकायका प्रतिनिधि तथा स...
विराटनगरमा सार्वजनिक बिदा

विराटनगरमा सार्वजनिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । अत्यावश्यक सेवाबाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
error: Content is protected !!