
काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो । आयोगका सचिव कृष्ण बहादुर राउतले सांसदहरूलाई प्रमाण पत्र दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ सांसद निर्वाचित भएका थिए ।



















