
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७० रुपैयाँ बढेर पाँच हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 















