छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो ।
कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैन...































