यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
विराटनगर । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यस्तै तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।...































