नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अविरल वर्षाका कारण डुबान हुन सक्ने भन्दै नदी किनारका बस्ती तथा प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम महसुस भएमा सुरक्षित स्थानमा सर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भन...
भासियो धरान–धनकुटा सडक 

भासियो धरान–धनकुटा सडक 

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो । सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ । कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छ...
विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रमा देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्र...
सुनको मूल्य २७ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य २७ सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । केही दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी ८० रुप...
अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाजुङस्थित निर्माणाधीन रवि-राके-भेडेटार भित्री सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार २० मिटर सडक भासिएको छ भने माथिबाट पहिरो खसेको छ । जसका कारण दुईतर्फी सडक अवरुद्ध भएको उनले जानकारी दिए । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशसहित दे...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको...
वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको  छ । मोन्थाको प्रभावले कोश...
चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

धनकुटा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ को प्रभावका कारण धनकुटा नगरपालिका विद्यालय आज बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण विद्यालय र विद्यार्थीहरूमा पर्ने जोखिमको मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘आगामी दिनमा मौसमको प्रतिकूलता हेरी बिदाको व्यवस्था गर्न हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । यस्तै प्रधानाध्...
मोरङको हरैंचामा १०४ मिलिमिटर वर्षा, कोशी र मधेशमा आज पनि भारी वर्षाको सम्भावना

मोरङको हरैंचामा १०४ मिलिमिटर वर्षा, कोशी र मधेशमा आज पनि भारी वर्षाको सम्भावना

विराटनगर । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण मधेश र कोशी प्रदेशका एक/दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ । यस्तै सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात मोन्था प्रणाली आज कोशी र मधेश प्रदेशमा केन्द्रित ...
चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

भोजपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । निरन्तर भारी वर्षा भई रहेकोले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा जारी सूचना अनुसार गाउँपालिकास्तरीय निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नेकपा एसको केन्द्रीय सदस्यमा कोशीका २० जना मनोनित

नेकपा एसको केन्द्रीय सदस्यमा कोशीका २० जना मनोनित

विराटनगर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट २० सहित ७५ जना मनोनित भएका छन् । काठमाडौंमा बुधबार भएको केन्द्रीय कमिटी बैठकले ७५ जनालाई केन्द्रीय कमिटीमा थप गरिएको जानकारी दिएको हो । थप भएका केन्द्रीय सदस्यमध्ये मोरङबाट सात जना छन् । कोशीका पूर्वमन्त्रीसमेत रहेका उपेन्द्र घिमिरेसहित अमृतकुमार सुब्बा, इन्द्र सुब्बा, गीता थापा, चन्द्रकला सुब्बा, मीरा दाहाल र लक्ष्मीकुमार श्रे...
तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा  अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो...
विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगर । विराटनगर-३ आयल निगममा पेट्रोल बोकेको ट्याङ्कर र अक्सिजन बोकेको मिनी ट्रक ठोक्किएका छन् । आज दिउँसो भएको दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ट्राफिक प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ३३७४ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको ना ५ ख ०८४५ नम्बरको ट्याङ्कर एक-आपसमा ठोक्किएका हुन् । ट्यांकर आयल निगम परिसरमा प्रवेश गर्ने क्रममा ब्रेक फेल भएपछि दुर्घटना भए...
इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

विराटनगर । इलामको देउमाई नगरपालिका-१ कुखुरेमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमको आठराईबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुबाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र १-०१-०१६ प १३६७ नम्बरको मोटरसाइकल आज बिहान १०ः३० बजे एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक १ र बोलेरोमा सवार ९ सहित १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जना...
भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम निधन

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम निधन

विराटनगर । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका ६५ वर्षीय गौतमको निधन भएको हो । भाषण गरिरहेको बेला अचानक ढलेका उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरका गौतम २०५४ सालदेखि जिफन्टम...
डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

विराटनगर । काठमाडौंमा मौसम खराब हुँदा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । आज बिहान काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगर विमानस्थलमै डाइभर्ट हुँदा उडान तालिका प्रभावित भएको हो । विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार काठमाडौंमा अवतरण हुन नसकेपछि विराटनगर नै फर्किएको जहाज पुनः ११ः५४ बजे काठमाडौं उडेको छ । भण्डारीका अनुसार आज विराटनगर विमानस्थलबाट जम्म...
पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो । नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद...
धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ । देव्रेबासमा चिया पसल ग...
३० जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

३० जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

विराटनगर । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरूमा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम र मोरङमा बाढीको मध्यम जोखिम छ । सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पू...
सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-४ का ३७ वर्षीय ओमनाथ घिमिरे छन् । बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बस चोकबाट उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनको साथबाट दुई ग्राम तीन सय ६० मिलिग्राम ब्र...
यस्तो छ शनिबारसम्मको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना 

यस्तो छ शनिबारसम्मको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना 

विराटनगर । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव छ । साथै पश्चिमी वायुको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशको थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, ...
दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

धनकुटा । धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर आएको दुई महिनामै सरुवा भएका शिवराम गेलाललाई बिदाइ गरिएको छ । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएका गेलाललाई बुधबार बिदाइ तथा सम्मान गरिएको हो । गेलाल दुई महिना अघि दोलखाबाट सरुवा भएर धनकुटा आएका थिए । धनकुटाबाट बिदा हुँदै गर्दा गेलालले धनकुटालाई कहिल्यै नबिर्सिने र आफूले विकास र समृद्धिको लागि सँधै सहयोग गर्ने बताए । गृह मन्त्रालय...
मेची राजमार्गमा आजबाट रातको समयमा गाडी सञ्चालनमा रोक

मेची राजमार्गमा आजबाट रातको समयमा गाडी सञ्चालनमा रोक

इलाम । मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ । चक्रवात ‘मोन्था’ का कारण आजबाट इलामसहित देशका विभिन्न स्थानको मौसम प्रभावित हुने सम्भावना देखिएकाले गाडी सञ्चालनमा रोक लगाइएको हो । एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आजदेखि कार्यान्वयन हुनेगरि बेलु...
मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । उनले यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको बताए । आज मानव अधिकार आयोगका अ...
संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-५ माङमायामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक पुरुषको मृत्यु भएको छ । माङमायाका ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब २० मिटर तल खसेका थिए । घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उनको उपचारका क्रम...
नेपाली राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

विराटनगर । नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक फुटबल खेल्दैछ । खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् । यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमबार भएको खेलमा साम्बाको २ गोल मद्दतले भारतलाई २-१ ले हर...
छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो । कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैन...
झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गएराति बस दुर्घटना भएको छ । दुर्घटनामा मोरङको मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ । प्रहरीका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । दुर्घटनामा २१ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय ...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । मं...
सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान ८ः१५ बजे हेलिकप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार हेलिकप्टरमा पाइलट मात्रै थिए । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । लुक्ला विमानस्थलका अनुसार अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्ल...
चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने

चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने

विराटनगर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी, मधेश र बागमती प्रदेश प्रभावित हुने भएका छन् । आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म ‘मोन्था’ ले नेपालमा प्रभाव पार्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै ‘मोन्था’ को प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका...
error: Content is protected !!