झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापा । झापाका वामपन्थी तथा कम्युनिष्ट नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको ठहर गर्दै यसको रक्षा र शुद्धीकरणका लागि व्यापक पुनर्गठन र ध्रुवीकरणको अभियान सुरु गर्ने घोषणा गरेका छन् । एक संयुक्त अपिल जारी गर्दै विभिन्न कम्युनिष्ट घटकमा आबद्ध १० जना नेताहरूले वर्तमान नेतृत्वको कार्यशैली, वैचारिक विचलन र सत्ता स्वार्थका कारण आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् । उनीहरूल...
आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो । आज पनि चाँद...
चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

विराटनगर । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् । पर्वको मुख्य दिन आज साँझ व्रतालुले आ-आफ्ना घरमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका...
झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-४ केचनामा सीटी सफारी र भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-४ का ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सोमबार साँझ बनियानीबाट लोधाबारीतर्फ जाँ...
आज विश्व क्षयरोग दिवस मनाइँदै

आज विश्व क्षयरोग दिवस मनाइँदै

विराटनगर। आज विश्व क्षयरोग दिवस मनाइँदैछ । प्रत्येक वर्ष मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । यो वर्ष ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालसहित विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरिँदैछ । जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । तर, पछिल्ला...
चलचित्र पत्रकार संघ काेशीकाे नयाँ कार्यसमिति गठन

चलचित्र पत्रकार संघ काेशीकाे नयाँ कार्यसमिति गठन

विराटनगर ।  चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले वीरेन्द्रकुमार साहकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । आज विराटनगरमा भएकाे अधिवेशनले साहकाे अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरेको हाे । अधिवेशनबाट उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन् । सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेख...
दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

दलित र गैरदलितबीचको खाडल पुर्न राज्यको लगानी आवश्य पर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा ‘कोशी प्रदेशमा दलितको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । ‘जातीय विभेद अन्त्यका लागि राजनीतिक दृढ इच्छाशक्ति सशक्त बनाऔं’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित ६१औँ अन्तर्राष्ट्रिय...
बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

बुढीगंगाको न्यू सेभ कराँते एकाडेमीका गुरु पुष्कर राना मगर पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित न्यू सेभ कराँते एकेडेमीका गुरु पुष्कर राना मगर पक्राउ परेका छन् । बुढीगंगा-२ घर भएका उनलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको हो । नरग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बुढीगंगा-२ की १६ वर्षीया सुरक्षा विश्वकर्माले माघ १४ गते प्राणत्याग गरेकी थिइन् । बालिकाको परिवारले दिएको जाहेरीका आधारमा मगरलाई पक्राउ गरि...
खोटाङमा अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा

खोटाङमा अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी हलेसी तुवाचुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ । ठेक्का लिएर काम नगरी अलपत्र पार्ने नमुना हिमालयन जेवी विराटनगर सम्वद्ध रमेश बस्नेत चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको सुजुकी कार आइतबार नगरपालिकाले नियन्त्रणमा लिएको हो । कानुनी आधारमा पटक-पटक ताकेता गर्दा समेत नटेरेकाले बोलाएरै नियन्त्रण लिएको हलेसी तुवाचुङ नग...
विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगरमा पनि बर्डफ्लु संक्रमण

विराटनगर । विराटनगरमा पनि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगर-४ स्थित दाहाल कृषि फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो । यसअघि सुन्दरहरैंचा र उर्लाबारी एक/एक तथा कटहरीका दुई वटा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । यस्तै झापामा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । केहिदिनको अन्तरालमै मोरङका पाँच स्थानमा बर्डफ्लु संक्रमण भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

आज विराटनगरको अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान

विराटनगर । जल तथा मौसम विज्ञान विभागले देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने जनाइएको छ । पोखराको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सिय...
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । आइतबार धरानमा भएको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सह-सचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवा...
सुनको मूल्य दुई दिनमा १९ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य दुई दिनमा १९ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबार १२ हजार पाँच सय घटेको सुनको मूल्य आज छ हजार पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्यमा भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय...
मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-२ हिमाल चोकमा नालीभित्र एक युवकको शव फेला परेको छ । आज बिहान घोप्टो परेको अवस्थामा स्थानीय ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव फेला परेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा अधिकारी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नाली ग...
झापामा चितुवाको आक्रमणबाट चार जना घाइते

झापामा चितुवाको आक्रमणबाट चार जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ मा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरीका सईसहित चार जना घाइते भएका छन् । आज दिउँसो चितुवाको आक्रमणबाट उनीहरू घाइते भएका हुन् । चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठ, बुद्धशान्ति-६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर नगरपालिका-१० का २६ वर्षीय विशाल कार्की घाइते भएका छन् । उनीहरूको अवस्था सामान्...
गगन थापाको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय

गगन थापाको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए । उक्त राजीनामाबारे काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । गत पुसम...
सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल-मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खरा...
कोशी प्रदेश सरकार : ८ महिनामा १६.८ प्रतिशत विकास खर्च 

कोशी प्रदेश सरकार : ८ महिनामा १६.८ प्रतिशत विकास खर्च 

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ५९ करोड ३९ लाख मात्रै खर्च गरेको छ । कुल ३५ करोड ९४ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये प्रदेश सरकारले २३.९ प्रतिशत मात्रै खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगततर्फ १७ अर्ब १४ करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्या...
झापाको ह्याप्पी ल्यान्ड पार्कमा दुई समूहबीच झडप हुँदा पाँच घाइते

झापाको ह्याप्पी ल्यान्ड पार्कमा दुई समूहबीच झडप हुँदा पाँच घाइते

झापा । झापाको ह्याप्पी ल्यान्ड फनपार्कमा दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो डिजे बजाएर नाच्ने क्रममा दुई समूहबीच झडप भएको हो । झापा प्रहरीका अनुसार झडपमा पाँच जना घाइते भएका छन् । झापा गाउँपालिका-५ का १८ वर्षीय मानारुल आलम, १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ...
राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

विराटनगर । विश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले राम नवमीको दिन वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएका छन् । आज परिषद्ले विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत १३ गते राम नवमीका दिन मोटरसाइकल र्‍याली निकालिने जानकारी दिएको हो । यस्तै चैत्र १९ गते हनुमान जन्मोत्सवमा रथसहितको भव्य शोभायात्रा निकालिने परिषद्का कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले जानकारी दिए । हिन्दु धर्मप...
सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ लौकहीबाट पैदल इनरुवातर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान-१५ का २२ वर्षीय मिलन तामाङ छन् । उनको साथबाट १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । यस्तै झापाको अर्जुनधारा नग...
आकाश खुलेपछि यस्तो देखियो धनकुटा बजार (फोटो फिचर)

आकाश खुलेपछि यस्तो देखियो धनकुटा बजार (फोटो फिचर)

धनकुटा । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा धनकुटासहित देशभरको मौसममा सुधार आएको छ । धनकुटामा आज मौसम खुलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक सुचारु

पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक सुचारु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड सुचारु भएको छ । शनिबार अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको सडक आज केहीबेर अघिबाट सुचारु भएको हो । जेसीबीको सहायताले पहिरो हटाएपछि सडक सुचारु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । सडक सुचारु भएसँगै रोकिएका सवारी-साधनहरू गन्तव्यतर्फ...
हिउँले ढाकियो ताप्लेजुङका डाँडापाखा

हिउँले ढाकियो ताप्लेजुङका डाँडापाखा

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिन वर्षा भएपछि मौसम सफा भएको छ । मौसम खुलेसँगै ताप्लेजुङका डाँडापाखा हिउँले सेताम्मे देखिएका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे-मिल्के-जलजले क्षेत्र पनि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा लगायतका क्षेत्र पनि हिउँले सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । ताप्ले...
विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरिएको छ । विराटनगर महानगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूको भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, व...
भेडेटार-रवि-राँके सडक पुनः अवरुद्ध

भेडेटार-रवि-राँके सडक पुनः अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड पुनः अवरुद्ध भएको छ । शनिबार अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानी परेपछि सडक माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक सडकको बीच भागमा फसेको थियो । उक्त ट्रकलाई निकालिसकिएको प्रहरीले जनाएको छ । अहिले सड...
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन १२ हजार पाँच सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला सात हजार आठ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प...
धनकुटामा ३ सय बेडको शिक्षण अस्पताल विस्तारको तयारी

धनकुटामा ३ सय बेडको शिक्षण अस्पताल विस्तारको तयारी

धनकुटा । कोशी प्रदेश सरकार मातहत सञ्चालनमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय बेडको स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ । धनकुटा जिल्ला अस्पताललाई विश्वविद्यालयको साझेदारीमा शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषयमा शनिबार छलफल भएको हो । जिल्ला अस्पतालको स्तर वृद्धि गरी विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यका साथ यो प्रक्रिया अगाडि बढाइएको हो । मनमोहन प्राविधिक विश्व...
रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली-५ का २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही स्थानका अनर्जित मण्डलको नोबेल अस्पता...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभा...
कविता : लवज हराएको कोलाहल

कविता : लवज हराएको कोलाहल

  जाडो याम छ ! बुढो करङमा झुल्किने पारिलो घाम ताप्दै समय रेखा यतिखेर तमाशा हेरिरहेको छ र नव आगन्तुक पाहुनालाई निर्वाशित गरिसकेको हुनेछ यो शून्य समय हो तर सबै सुन्यतामा बाचिरहेका हुन्छ्न भन्ने पनि होइन ! तिम्रो ज्यामिती खोइ ? यो मानव कङ्कालमा कहाँ खोज्नु तिमीलाई घर कहाँ छ यो भग्नावशेषमा कसरी पहिचान गरौ ! तिम्रो जङ्गारमा फूलेको हो सुनाखरि बल्छि थापेर निकालेकै हो संवेदनाक...
error: Content is protected !!