इन्दु साह/संगालोखबर


विराटनगर । हामीले विभिन्न प्रकारका अभियान देख्दै आएको छौं । कतिपयमा त हामी आफैँ पनि सामेल भएका छौँ । तर एक युवकले एउटा भिन्न अभियान थालेका छन् ।

जुन अभियान धेरैलाई अनौठो पनि लाग्न सक्छ । अभियानको थालनीकर्ता हुन ३० वर्षीया नैनप्रसाद गेलाल । उनले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अभियानका बारेमा जानकारी गराएका हुन् ।

Advertisement

उनले कात्तिक २७ गतेदेखि बेरोजगारहरूको भेला गर्ने उद्देश्यले अभियान थालेको जानकारी दिए । भारतमा मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएका गेलाल देशभित्रै रोजगारी खोज्ने आवाज बोकेर सडकमा उत्रिएका छन् ।

धेरै वर्षदेखि विदेशी भूमिमा पसिना बेच्नुपरेको पीडाले उनलाई अब आफ्नै देश बदल्ने संकल्पतर्फ डोर्याएको छ । यही सोचले ‘बेरोजगार एकताबद्ध महाअभियान’ घोषणा गर्दै मेचीदेखि महाकालीसम्मको यात्रा सुरु गरेको उनले सुनाए ।

उनले तयार पारेको मागपत्रमा युवाका लागि १८ देख २८ वर्षको श्रम सैनिक विज्ञापनमा ३-५ लाख युवाको भर्ती, विदेशी संस्थाको मनपरी रोकथाम, सीमा नीतिमा कडाइ, शिक्षामा व्यावहारिकता, कैदीलाई पनि उत्पादनमूलक तालिम लगायत उल्लेख गरिएको गरिएको छ ।

‘यी मागहरू केवल कागजका अक्षर होइनन्, देशभित्रै अवसर खोजिरहेका लाखौँ युवाको साझा पीडा हुन्’, उनले भने ।

उनले पसिना विदेशमा बगाउनै पर्छ भन्ने बाध्यता किन ? भन्दै प्रश्न गरे । ‘देश चलाउनेहरूका लागि बेरोजगारी समस्या नहोला, तर सडकमा हिँड्ने युवाका लागि यो  समस्या छ’, उनले भने ।

उनले ‘सानो प्रयासले देश बदलिन्छ’ भन्ने मूल मन्त्रका साथ हिंसाको होइन, जनमतको शक्ति प्रदर्शन गर्न लागेको बताए । उनले देशभरका युवाहरूलाई एकै स्वरमा बोल्न र स्वाभिमानी रोजगारीका लागि दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!