खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

विराटनगर । खोटाङमा कोदालो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईले उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले हत्या गरेकी प्रहरीले जनाएको छ । शनिबार सामान्य वादविवादका क्रममा रेनुकाले पाँचकर्णलाई कोदालोको पासोले हानेको खुलेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पाँचकर्णलाई तत्कालै उद्दार गरेर उपचारका लागि हेलिक...
धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...
झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ वर्षीया पूजा हेमरमको मृत्यु भएको हो । पति ३५ वर्षीय कविराज हेमरमले गएराति करिब ११ः२० बजे पत्नी पूजालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।  खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूबीच विवाद भएको र सोही क्रममा कविराजले खुकुरी प्रहार गरेको खुलेको प्र...
अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् । शनिबार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय वृहत विद्यार्थी भेलाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । कमिटीको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा र सचिवमा मनोज लामा कार्की चयन भएका छन् । सह-सचिवमा विप्लव प...
ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कटहरी गाउँपालिका-५ का २० वर्षीय राहुल सरदारको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा फसेको थियो । ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेलेर निकाल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डाल...
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा उदयपुर घर भएका प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र २-०१-००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगर...
बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

विराटनगर । बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेत मृत फेला परेका हुन् । झापा गोल्डकपका पूर्वअध्यक्ष समेत रहेका बस्नेत समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका थिए । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत हुन...
झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुखिराम टुडुको १५ महिनाकी छोरी रोसीका छन् । प्रहरीका अनुसार घर नजिकै रहेको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाएको छ ।
सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मंगलबारेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उमेश राईको १८ महिने छोरा उपदेशको मृत्यु भएको हो । बिहीबार दिउँसो छिमेकीको घरमा खेल्ने क्रममा बालकलाई मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क...
धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट १० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–५ खोकुका ३१ वर्षीय उद्धव राई १० किलो गाँजासहित पक्राउ परेका हुन् । आज बिहान करिब ७ः४० बजे धनकुटाको हिलेबाट इटहरी जाँदै गरेको प्र १-०२-००१ ज ४३२६ नम्बरको माइक्रो बसबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइक्रोमा शङ्का लागेर चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला ...
मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा वृद्धलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर...
मनै लोभ्याउने कन्याम (फोटो फिचर)

मनै लोभ्याउने कन्याम (फोटो फिचर)

विराटनगर । इलामको सूर्योदय नगरपालिका स्थित कन्याम पर्यटकहरूको रोजाइमा पर्ने एक गन्तव्य हो । झापाको बिर्तामोडबाट ४७.२ किलोमिटर दूरीमा पर्ने कन्याममा छिनछिनमा मौसम परिवर्तन हुने गर्छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ । भारतको दार्जिलिङ, सिक्किम, सिलगढी लगायतका शहर तथा नेपालका बिभिन्न जिल्लाबाट आउने पर्यटकले कन्याम भरिभराउ हुनेगरेको छ । यहाँबाट इलामकै श्रीअन्तु, समालबुङ,...
सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

सुनसरीको देवानगन्जबाट ट्रान्सफर्मर चोरी 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ मा ट्रान्सफर्मर चोरी भएको छ । किसानहरूले सिँचाइका लागि समूहमार्फत जडान गरेको ट्रान्सफर्मर गएराति चोरी भएको हो । देवानगन्ज-२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार डिप बोरिङमार्फत सिँचाइ गर्न ट्रान्सफर्मर राखिएको थियो । तर चोरले ट्रान्सफर्मर नै चोरी गरेपछि किसानहरूलाई समस्या भएको उनले सुनाए । ‘मेरै जग्गामा राखिएको थियो’, उनले संगालोखबरसँग भने, ‘राति चोरी...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा छथर जोरपाटी गाउँपालिका-६ का २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बु छन् । उनीहरू शङ्कास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको शरीर खानतलासी गर्दा दर्पणको साथबाट १५० मिलिग्राम र सुदिलको साथबाट ६० म...
तीन महिनामा कोशीका कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु 

तीन महिनामा कोशीका कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा तीन महिनाको अवधिमा कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको सन् २०२५ जनवरीदेखि मार्चसम्मको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु भएको हो । इन्सेकको अभिलेखअनुसार गत पुस १६ गतेदेखि चैत १८ गतेसम्म जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेक र कारागारमा दुई जनाक...
सन नेपाल लाइफ इन्सुरेन्स विराटनगरका म्यानेजर पक्राउ

सन नेपाल लाइफ इन्सुरेन्स विराटनगरका म्यानेजर पक्राउ

विराटनगर । वैदेशिक रोजगारीका लागि बहराइन गएका एक श्रमिकको मृत्युपछिको बिमा रकम ठगी गरेको आरोपमा एक बीमा कम्पनीका म्यानेजर पक्राउ परेका छन् । प्रहरीका अनुसार सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी विराटनगर शाखाका म्यानेजर  सन्तोष अधिकारी पक्राउ परेका हुन् । उनी मोरङको विराटनगर-३ निवासी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अधिकारीमाथि मृतक श्रमिककी पत्नीले पाउनुपर्ने बिमा रकम ठग...
कोसी उच्च बाँध निर्माण योजना खारेज गर्न माग

कोसी उच्च बाँध निर्माण योजना खारेज गर्न माग

धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । सङ्घर्ष समितिका अध्यक्ष असिम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाए । नेपाल र भारत सरकारबीच सहमत...
सहकारी ठगीका फरार प्रतिवादी प्रभात खड्का इटहरीबाट पक्राउ

सहकारी ठगीका फरार प्रतिवादी प्रभात खड्का इटहरीबाट पक्राउ

विराटनगर । सहकारी ठगी कसुर मुद्दाका फरार प्रतिवादी प्रभात खड्का पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खड्कालाई मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी नजिकबाट पक्राउ गरेको हो । ग्रेस अनुग्रह सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । २०८१ कात्तिक २६ गते जिल्ला अदालत उदयपुरबाट पक्राउ पुर्जी पनि जारी भएको...
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

विराटनगर । धनुषाको सबैला नगरपालिका-८ ठिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।  गएराति भएको दुर्घटनामा सोही स्थानका १८ वर्षीय अमन राय र विदेह नगरपालिका-७ जोगियारा का १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको हो । प्रहरीका अनुसार अमनले मोटरसाइकल चलाएका थिए । प्र ०२-००७ प ५५८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ...
उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका-९ हडियास्थित मुसहर्निया टोल स्थित सोवित खत्रीको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर लागेको आगोले घरसँगै अन्नपात, गरगहना, भाँडावर्तनलगायत सामान जलेका छन् । जसबाट ४० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागी भएपछि ग्यास सिलिन्डर पनि पड्किएको थियो । बेमौसमी वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले ...
खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकास राईको मृत्यु भएको हो । मंगलबार साँझ ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोशी नदीमा हामफालेका व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान १०ः४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राईले सप्तकोसीको पुलबाट नदीमा हामफालेका थिए । प्रहरीले जानकारी पाउनासाथ उनलाई उद्दार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा मृत...
कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको सातौँ अधिवेशन आह्वान भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बर्खे अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए । यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा स...
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्यरूपमा दिवस मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा मात्र नभई भव्य तरिकाले मनाउन निर्देशन दिए । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी म...
उदयपुरको त्रियुगा नदीले बगायो बस

उदयपुरको त्रियुगा नदीले बगायो बस

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । उदयपुर प्रहरीका अनुसार जन्ती पुर्‍याएर फकिँदै गरेको बस बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार सोमबार राति सप्तरीमा जन्ती पुर्‍याएर को १ ख ४७५३ नम्बरको बस बेल्टारतर्फ फर्किँदै थियो । ‘त्यहाँबाट खासै गाडी ओहोर-दोहोर गर्दैनन्’, डीएसपी दोङले संगालोखबरसँग भने, ...
इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । आफ्नै निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएकोमा चिकित्सकले मृ...
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

विराटनगर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन् । दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी-२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पत...
धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का १९ वर्षीय सुजन राई छन् । बा ४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले जेब्रा झोलामा १५ किलो गाँजा बोकेका थिए । यस्तै विराटनगर-१५ बाट २ ग्राम ८४ मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका-४ क...
ओखलढुङ्गामा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

ओखलढुङ्गामा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खिजीदेम्वा गाउँपालिका-८ रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा कैलालीका ३० वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो । सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको ओखलढुङ्गा प्रहरीका प्रवक्ता इन्स्पेक्टर विक्रमबहादुर भट्टराईले संगालोखबरलाई जानकारी दिए । चौधरी सिग्माकोण क...
उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-८ फूलबारीमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय संक्रान्तिका अनुसार ४५ वर्षीय सागर थिङ्लाबुको मृत्यु भएको हो । सोमबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सोमबार नै उनको शव परिवारको जि...
error: Content is protected !!