विराटनगरबाट अवैध कपडासहित दुई जना पक्राउ
विराटनगर । विराटनगरबाट पाँच लाख ११ हजार पाँच सय मूल्य बराबरको अवैध कपडा बरामद भएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो ।
विराटनगरको बरगाछीमा को २ ह ५७८३ नम्बरको अटोमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
जसको मूल्य अन्दाजी चार लाख ३२ हजार रहेको प्रहरीले जनाए...






























