संगालोखबर
सांकेतिक तस्वीर

सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । गएराति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।

उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका-८ का स्थायी बासिन्दा हुन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!