तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर रोशन कामतीले जानकारी दिए । ‘बस सडकबाट करिब १ सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक ...
दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ । ...
झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रब...
अनेरास्ववियुले तोक्यो इन्चार्ज, कोशीका जिल्लामा क-कसले पाए जिम्मेवारी ?

अनेरास्ववियुले तोक्यो इन्चार्ज, कोशीका जिल्लामा क-कसले पाए जिम्मेवारी ?

विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जिल्ला इन्चार्ज तोकेको छ । केन्द्रिय समितिले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको हो । कोशी प्रदेश इन्चार्जको जिम्मेवारी प्रवीन कार्कीले पाएका छन् भने संयोजकमा नारायण पोखरेल, सह-संयोजकमा नवराज घिमिरे र पारश राईलाई जिम्मेवारी तोकिएको छ । जिल्ला इन्चार्जमा निशान राई (भोजपुर), मुना चापागाईँ (धनकुटा), रञ्ज...
धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो । प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् । ब...
टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

विराटनगर । मोरङको टंकीसिनवारी जेसिजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा ‘भिम-अजिता ओराटोरि च्याम्पियनसिप’ हुने भएको हो । प्रतियोगितामा देशभर रहेका एक सय ८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमबारे टंकीसिनवारी जेसिजले विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । खुला सहभागितामा हुने यस राष्ट्रिय स्तरक...
पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ । कोदालोको पासो प्रहारबाट गम्भीर घ...
विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ । विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मा...
राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो । यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन धनकुटाले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी जिल्ला अस्पतालमा रहेका २१ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्ला, निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, एमाले उपसच...
सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको पहलमा धनकुटा अस्पतालमा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट आरओ प्लान्ट ल्याइएको हो । २०८० जेठ १२ गते धनकुटा अस्पतालमा पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याइएर मृगौला रोगीहरूको डायलाइसिस गरिदै आएको छ । मृगौला ‘फेल’ भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस ग...
पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

विराटनगर । कृषकहरूले समयमै मलखाद र उन्नत जातको बीउ नपाउने समस्या त छँदैछ । सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने अर्को बाध्यता छ । त्यतिमात्र होइन, जसोतसो बाली लगाएपनि त्यसलाई जङ्गली जनवारबाट कसरी जोगाउने भन्ने अर्को चिन्ता पनि छ । यसैलाई मध्यनजर गर्दै पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले ९ जना बाँदर हेरालु नियुक्त गरेको छ । वडाले मकैको घोगा लाग्न सुरु गरेदेखि भाँच्ने बेलासम...
झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापा । झापाको बिर्तामोड नगरपालिका-७ का प्रदीप खनाल यतिबेला कृषि फार्ममा व्यस्त छन् । एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन उनलाई भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक पाँच सय किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी बिर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये ...
उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान भएको दुर्घटनामा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट आएको ट्रक इ...
खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो । उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

विराटनगर । नवजात शिशुको हत्या आरोपमा गोग्राहा अदालतमा मुद्दाको बहस भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरूले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन् । पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरूले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दाबी गर्छन् । उनीहरूको दाबीमा न्यायाधीशहरूले बेला...
‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

धनकुटा । कृषि क्याम्पस संचालनका लागि आठ वर्षअघि जग्गा दिए पनि अहिलेसम्म मुआब्जा नपाएको स्थानीयले बताएका छन् । उनीहरूले सरकारी उदासीनताका कारण अहिलेसम्म मुआब्जा नपाएको बताएका हुन् । धनकुटाको पाख्रीबास नगरपालिका-३ मा वि.सं. २०७४ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस स्थापना भएको हो । भवन निर्माणका लागि करिब एक सय रोपनी बढी जग्गा आवश्यक पर्ने हुँदा स्थानीयले मुआब्जा पाउने ...
हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

धनकुटा । हरिराज खेवा स्मृति दिवसमा जग्गादातासहित ९ जनालाई सम्मान गरिएको छ । मंगलबार ९ औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा-६ स्थित निर्माणाधीन स्मृति पार्कलाई जग्गा उपलब्ध गराउने धनबहादुर लिम्बु र खोजबहादुर राईलाई सम्मान गरिएको छ । यसैगरी वडा नम्बर ६ का १०९ वर्षीय ज्येष्ठ नागरिक अन्नपूर्ण गुरुङ र ८९ वर्षीय ...
विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगर । विराटनगर-१ परोपकार घाटस्थित परमार्थ सिंघिया आरती स्थलमा शिवको मूर्ति निर्माणका लागि आज शिलान्यास गरिएको छ । आरती सुरुवातको दोस्रो वर्ष प्रवेशको अवसर पारेर मूर्तिको शिलान्यास गरिएको हो । आरती स्थलमा साँझ आयोजित कार्यक्रममा प्रथम महिला शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले संयुक्त रुपमा मुर्ति श...
कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर चार सय १८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा सात सय ११ जना गम्भीर र आठ हजार पाँच सय ३० जना सामान्य घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लापरबाहीपूर्वक सवारी-साधन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन् । सो अवधिमा ट्राफिक नियम उलङ्घन गर्ने दुई लाख १३ हजार छ सय ९५ वटा सवारी-स...
धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमी मेला लागेको छ । मन्दिरको १५ औं वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आज बिहानै देखि भक्तजनहरूको उपस्थिति बाक्लो छ । वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै मेयर तामाङले बक्रकुण्ड मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढा...
मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-४ की ३३ वर्षीया प्रकृति राई छिन् । प्रहरीका अनुसार आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान भइरहेको कोशी ...
झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापा । झापामा जंगली हात्तीले चार घरमा क्षति पुर्याएको छ । आज बिहानको राति भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा हात्ती पस्दा चार घरमा क्षति पुर्‍याएको हो । प्रहरीका अनुसार हात्तीले टेकनाथ पराजुलीको भान्सा घर भत्काएर २० मन मकै खाँदा ३५ हजार बराबरको क्षति भएको छ । प्रेमलाल भण्डारी र रीता विकको घरमा ७/७ हजार तथा जितबहादुर लिम्बूको घरमा १३ हजार बराबरको क्षति पुर्‍याएको प्रहरीको भनाइ छ । स्थानीयले हो...
धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई जना घाइते

धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई जना घाइते

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरी भन्ने स्थान नजिक घटना भएको हो । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर...
विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगर । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको हो । यसपटक रथको आकार ठूलो रहेको रथयात्रा मूल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष रथको लम्वाई, चौडाइ तथा उचाई वढाइएको छ । रथ निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ । रथयात्रा समारोह समितिका अनु...
गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

गोसाइँकुण्डमा डुबेर विराटनगर र बेलबारीका युवाको मृत्यु

विराटनगर । रसुवास्थित गोसाइँकुण्डमा नुहाउने क्रममा डुबेर मोरङका दुई जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन् । हिजो डुबेर बेपत्ता भएका उनीहरूको शव आज बिहान १० वजे फेला पारेर सुरक्षाकर्मीको टोलीले बाहिर निकालेको छ । न्यौपाने र ढकालसहित १३ जनाको टोली काठमाडौंबाट हिजो गोसाइँकुण्ड गएका ...
एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० करोड बढीको भन्सार छलीका सामान बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २० करोड ४२ लाख बढीको भन्सार छलीको सामान बरामद भएको हो । भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरिएका कारण उक्त मूल्य बराबरको सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्...
अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

धनकुटा । धनकुटामा अनाथ बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको छ । धनकुटा नगरपालिका–४ देव्रेवासमा रहेको बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको हो । धनकुटा इन्स्चिच्युट अफ हेल्थ साइन्सले ४३ इन्चको टेलिभिजन हस्तान्तरण गरेको छ । इन्स्चिच्युटका निर्देशक रामनारायण प्रसाद शाह रामा र प्रशासन प्रमुख खगेन्द्र घिमिरे लागयतले टेलिभिजन हस्तान्तरण गरेका थिए । पुनर्स...
विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न सङ्कायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पुरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको छ । आज एक कार्यक्रमबीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पुरा गरेका १४८ जना विद्यार्थीलाई बिदाइ गरिएको हो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयक...
कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले सुरु गरेको श्रमदान अभियानले तीव्रता पाएको छ । साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियानले कोशी प्रदेशमा पनि तिव्रता पाएको हो । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षार...
error: Content is protected !!