मोरङको सुन्दरहरैँचामा बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ बेलगाछीमा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसीप्रसाद गुरागाइँको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका हुनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिटी सफारीका चालक सुनसरीको दुहबी नगरपालिका-५ का ४२ वर्षीय बलबहादुर लिम्बू पनि ...


























