संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
विराटनगर । संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवा टोलका २१ वर्षीय कुमार तामाङ छन् ।
संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठका अनुसार १७ वर्षीय युवतीलाई पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो ।
तामाङले २०८२ जेठ ८ गतेदेखि युवतीलाई आफ्नो नियन्त्रणमा राखी विवाह गर्छु भन्दै जबरज...




























