मोरङको पथरीमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाबाट पक्राउ
विराटनगर । ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका-७ का ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरि फरार भएका २७ वर्षीय रविन राई पक्राउ परेका हुन् ।
उनलाई धनकुटाको मुलघाटबाट आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।
ससुरा चन्द्रबहादुर र ज्वाइँ रविन हत्याको अघिल्लो दिनसम्म एउटै घरमा खाना खाएर बसेको प...





























