सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आर...




























