उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते
विराटनगर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन् । दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी-२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पत...






























