विराटनगर एयरपोर्टबाट भन्सार छलीको कपडा बरामद, बब्लु अग्रवालको घरमा छापा
विराटनगर । मोरङ प्रहरीले विराटनगर एयरपोर्टबाट काठमाडौं पठाउन लागिएको ८९ थान कुर्ता-सुरुवाल बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान एयरपोर्टको कार्गो क्षेत्रबाट जाडो महिनामा लगाउने न्यानो कुर्ता-सुरुवाल बरामद गरेको हो ।
उक्त कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालले काठमाडौं पठाउन लागेका थिए । अवैधरूपमा भन्सार छलेर ल्याएको कपडा विशेष सूचनाका आधारमा बरामद गरिएको प्रहरीले...































