विराटनगरबाट ६ किलो गाँजासहित दुई जना पक्राउ
विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विराटनगर-१३ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उपमहानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङ छन् । उनीहरूलाई चेकजाँचका क्रममा ६ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको देवानगन्ज गा...




























