विराटनगर क्षेत्रमा चोरी गर्ने तीन भारतीय महिला नगदसहित पक्राउ
विराटनगर । विराटनगरलाई केन्द्रबिन्दु बनाएर चोरीमा संलग्न भएको आरोपमा तीन भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्णिया ठेगाना बताउने २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा आवत-जावत गर्ने असहाय र वृद्धवृद्धा उमेरका मानिसहरूले बोकेको सामान तथा ...




























