उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ
विराटनगर । उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डीगढी-५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी छन् ।
उनीहरूलाई आज बिहान तीन बजे त्रियुगा-१३ फुलजोरबाट ट्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहानको राति करिब १ बजे त्रियुगा नगरपालिका-१३ बहेडवाका देवनारायण चौधरीको...



























