सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

सुनसरीबाट २४ वर्षबढी कैद सजाय तोकिएका पप्पु पक्राउ 

विराटनगर । सुनसरीबाट ज्यान सम्बन्धी कसुरमा २४ वर्षबढी कैद सजाय तोकिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का २५ वर्षीय पप्पु सिंह भनिने पप्पु यादव छन् । उनलाई मंगलबार इनरुवा नगरपालिका-३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते गरेको फैसला अनुसार उनलाई २४ वर्ष ८ म...
धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय दिनेश राई छन् । उनलाई मंगलबार दिउँसो घरबाट नै पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । राईविरुद्ध २०७९ फागुन २ गते लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
भोजपुरका थापा धनकुटामा मृत फेला

भोजपुरका थापा धनकुटामा मृत फेला

धनकुटा । धनकुटामा एक युवक मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका-७ घर भएका २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका-५ रुपटारस्थित खेतमा मृत फेला परेका हुन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनी झापास्थित मावली घरबाट १६ गते फर्किएका थिए । तर उनी घर नपुगेपछि खोजतलास गर्ने क्रममा मंगलबार साँझ ६ः३० बजे शव फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ...
सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

सुनसरीको देवानगञ्जमा सर्पले टोकेर महिलाको मृत्यु

विराटनगर । सुनसरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका-१ मध्याहर्षाहीकी ५५ वर्षीय कल्सी मेहताको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर घाँस काट्न जाने क्रममा उनलाई सर्पले डसेको थियो । सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएकोमा अवस्था गम्भीर भएको थियो । उनलाई सर्पले टोकेको भनेर ८ः२० बजे प्रहरीले खबर पाएको थियो । उपचारका लागि लैजाने क्रममा...
सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु

विराटनगर । सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह आफैँ चढेको बसले नाबालकलाई किचेको हो । बसले किचेर गढी-६ का श्रवण उराउको ३ वर्षीय छोरा आयुष उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी-३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो । प्रहरीका अन...
ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

ताप्लेजुङमा घरमाथिबाट पहिरो खस्दा एक जना गम्भीर घाइते

विराटनगर । ताप्लेजुङमा पहिरोले घर पुरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । सिदिङबा गाउँपालिका-३ आङखोपमा कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेको हो । पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुरकी श्रीमती ५० वर्षीय ठगमाया कटुवाल गम्भीर घाइते भएकी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । परिवारका अन्य सदस्यको अवस्था...
धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटामा ११ प्रतिशत रोपाइँ 

धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आक...
सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति ११ः४० बजे देवानगन्ज गाउँपालिका-३ यादव टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १८ वर्षीय राजकुमार यादव र १८ वर्षीय राजु यादव छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजकुमारको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ किलो २८० ग्राम गाँजा बरामद गरेको छ । उनक...
आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव विषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमबार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई विधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रद...
धरानबाट गाँजासहित एक जना पक्राउ

धरानबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् । आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेप...
एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा तीन सय १३ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त उजुरी परेका हुन् । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त उजुरीमध्ये एक सय ३६ वटा छानबिन गरी टुङ्गो लागिस...
विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा लुटपाट र अपहरणको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समीर हुसेन र विराटनगर-६ का २५ वर्षीय तासिब अन्सारी छन् । उनीहरू आइतबार पक्राउ परेका हुन् । ‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले असार ११ गते लुटपाट गरेको खुलेको छ । उक्त घटनामा संलग्न एक जना भने फरार छन् । मोरङ प्रहरीका अनुसार उनको खोजी भइरहेको छ । मोरङ प्रहरी प्रवक्ता ...
भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुर । भोजपुरका कृषकलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न साढे आठ हजार बढी बिरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयले तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरेको छ । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्था...
झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

झापामा फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख क्षति

विराटनगर । झापाको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-११ मा मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरू पूर्णरुपमा जलेको नष्ट भएको छ । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजे आगो नियन्त्रणमा लिएक...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्ल...
मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवक छन् । उनी बालिकाकै काका भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे धनपालथानको रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा...
धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

विराटनगर । आज असार १५, दही चिउरा खाने दिन सँगसँगै २२ औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न सङ्घसंस्थाहरूले सामूहिक रूपमा धान दिवस मनाउँदै आएकामा पछिल्लो समय विभिन्न विद्यालयहरूले पनि मनाउन थालेका छन् । विद्यालयहरूले व्यवहारिक ज्ञान वृद्धिसँगै असार १५ को महत्व र कृषि पेसाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यार्थीलाई रोपाइँमा सरिक गराएका छन् । मोरङको ग्राम...
धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस (तस्बिरहरू)

धनकुटा । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, धनकुटामा पनि सामूहिक रोपाइँसँगै दही चिउरा खाएर हर्षोल्लासका साथ मनाइएको छ । कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटा र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइएको हो । धनकुटा नगरपालिका-६ स्थित पात्लेखोलामा शुभकामना आदान-प्रदान गरिएको थियो । यस्तै निशान जागरुक महिला नौमती बाजा सांस्कृतिक सम...
विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहितको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । मेयर कोइरालाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने उल्लेख गरे । उनले कार्यपालिका सदस्य सा...
विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगर । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको छ । आजको दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर नै सामूहिक रोपाइँ गर्ने र दही चिउरा खाने गरिएको छ । सोही क्रममा विराटनगर महानगरपालिकाले पनि सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गर्यो । विराटनगर-१६ दरैयामा उप-मेयर शिल्पा निराला कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा महानगरका...
कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

विराटनगर ।  कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तर प्रदेश भ्रमणमा आदन-प्रदान साटासाट भएको छ । गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै बोर्डले अनुभव साटासाट गरेको हो । अनुभव आदान-प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए । उनले परिषद्ले...
सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट एक सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ७ः३० बजे बराहक्षेत्र नगरपालिका-५ तिनकुनेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार चालक विराटनगर महानगरपालिका-४ इक्राहीका २६ वर्षीय धिरज गोसाइँ र कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जरतर्फ जाँदै गरेको प्रदेश १-...
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

विराटनगर । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा पूर्णरूपमा ठप्प भएको छ । मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण उडान स्थगित भएको हो । विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ । निगमका अनुसार विमानको नियमित मर्मत तथा मौसम प्रतिकूलताले गर्दा सुकेटारमा हाल उडान सञ्चालन हुन सकेको छैन । निजी क्ष...
कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति भयो ?

कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति भयो ?

विराटनगर । कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार धान खेती हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये  ३९ हजार ३ सय ८९.९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । उच्च पहाडी क्षेत्रमा कुल धान खेती हुने क्षेत्रफलमध्ये १०.९७, मध्य पहाडी क्षेत्रमा २४.९२ र तराई क्षेत्रमा १०.७८ प्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका अनुसार गतवर्ष यही समयमा १३.७१ प्रत...
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

विराटनगर । सुनसरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इर्न्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिश चौधरी तथा अर्को मोटरसाइकलका चालक इनरुवा-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएक...
धनकुटाको निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा जोड

धनकुटाको निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा जोड

धनकुटा । कोशी प्रदेशकै एकमात्र निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्रसहितको प्रतिवेदन तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरूले उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका हुन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजन तथा त्रिभुवन विश्व...
धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटा । धनकुटामा १० क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । आज धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा एक हजार ६८ किलो गाँजा जलाएर नष्ट गरिएको हो । विभिन्न समयमा फरक-फकर स्थानबाट बरामद भएको उक्त गाँजा जलाएर नष्ट गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार उक्त गाँजा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद भएको थियो ।
मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ बबियामा नाबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार अक्षय सरदारकी ५ वर्षीया छोरी आत्तिका सरदारको शव फेला परेको हो । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ । आज बिहान ३ बजे नाबालिका हराएको भनेर आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा नाबालिकाको शव घरबाट सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ । ‘हिजो आमाबाबुले काकाको जिम्मा लग...
विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगर । विराटनगरमा विवाह घरमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१८ का १७ वर्षीय अमित यादव छन् । आज बिहानको राति १ः३० बजेको समयमा डिजे बजाएर नाच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनलाई डिजेमा जोडेको तारबाट करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्...
कोशी प्रदेशको बजेट पारित

कोशी प्रदेशको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारको बजेट पारित भएको छ । आजको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत भएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका थिए । आन्तरिक ...
विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-६ का ३७ वर्षीय किसन चौधरी छन् । गत जेठ २८ गते विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि पार्किङ गरेर राखिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार उनी बिहीबार साँझ ५ बजे मोटरसाइकल चलाइरहेको अवस्थामा कटहरी गाउँपालिका-१ मा फेला परेका थिए । उनलाई तत्कालै प्रहरील...
error: Content is protected !!