भोजपुर घटना : चारै जनाको शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव ‘फरेन्सिक’ परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
भोजपुर जिल्ला अस्पतालमा ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि आज धरान पठाइएको हो । भोजपुर नगरपालिका-२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर...





























