कोशी सरकारको पहलमा दुहबी नगरपालिकालाई १८ लाखको सामान हस्तान्तरण
विराटनगर । सेवा प्रवाह सञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा आज दुहबी नगरपालिकामा करिब १८ लाख बराबरको ल्यापटप, कम्प्युटर दराज लगायतका ११ प्रकारका सामाग्री प्रदान गरिएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज नगरप्रमुख वेद नारायण गच्छदारलाई एक समारोह बीच सामान हस्तान्तरण गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूलाई सहयोग गर्ने कार्यक्र...






























