कोशीका २२ हजार पशुमा ‘लम्पी स्किन’ संक्रमण
विराटनगर । कोशी प्रदेशमा २२ हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण भएको छ । यसको संक्रमणबाट ६ सय ३७ पशुको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीका अनुसार २२ हजार एक सय २२ पशुहरू संक्रमित हुँदा ६ सय ३५ गाईगोरु तथा दुई वटा राँगाभैँसी मरेका हुन् ।
जेठको पहिलो साताबाट तीब्र रूपमा फैलिएको ‘लम्पी स्किन’ लामो समय सम्म प्रदेश १० जिल्लामा सीमित रहेको थियो भने गत हप्तादेखि तेह्रथुममा पन...



























