धनकुटामा विपद् प्रतिकार्यका लागि समुदायस्तरमा स्वयंसेवक समूह निर्माण गरिँदै
धनकुटा । धनकुटामा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु गरिएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।
तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । जसमध्ये १३ जना पुरुष...































