झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते
विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रब...






























