संगालोखबर सम्बाददाता

झापा । झापाको दमक नगरपालिका–५ स्थित एउटा खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० हजार नगद र तीन बुङ ताससहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ईलामको चुलाचुली गाँउपालिका–५ का ३९ बर्षीय सुमन सिंह राई, पाँचथरको मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षीय बबिन सुब्बा, दमक–५ का ५८ बर्षीय लक्ष्मी ढकाल, ३४ बर्षीया कमला राई, ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षीय राज कुमार खड्का छन् ।

आइतबार साँझ ६ बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!