झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको फ्रोजपुरका २५ बर्षीय केयर सिंह र मौगाका सुखजित सिंह छन् ।
सोमबार साँझ भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ११ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाको विषयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।