- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिलेस्थित हिले माध्यमिक विद्यालय स्थापना भएको ६० बर्ष पुगेको अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरेर हिरक जयन्ती मनाएको छ । बिद्यालयले एक हप्तासम्म बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरेर हिरक जयन्ती मनाएको हो ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शनिवार बिद्यालयले एक कार्यक्रमकाबीच विद्यालयका छ जना पूर्व प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तीन जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । त्यस्तै, बिभिन्न तहमा अध्ययनरत जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक खगेन्द्र आचार्यले जानकारी दिए ।

१३ जना विद्यार्थीलाई दाताको सहयोगमा छात्रवृत्ति तथा एसइइ र कक्षा १२ मा उत्कृष्ट हुने एक/एक जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सप्ताहव्यापी कार्यक्रममा प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्रि वितरण गरिएको विद्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!