संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको अध्यक्षमा बिनु चेम्जाङ्ग चयन भएकी छन् । फोनिज धनकुटाको शनिवारसाँझ सम्पन्न चौथो जिल्ला अधिवेशनले चेम्जाङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा मानबी मोक्तान, सचिवमा पूर्णकुमार चौधरी, सह–सचिवमा जयन्ती राई र कोषाध्यक्षमा विश्वराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कुशुम राई, अनिता आठपहरिया राई, उत्तमकुमार देवान, विवेक तामाङ्ग, सफल राई, कृष्णा राई, कल्पना तामाङ्ग र चाँदनी राई चयन भएका छन् ।

अधिवेशनले सन्तवीर लामा, ब्रम्हलाल हजारी, अजय सन्तोषी राई, सर्मिला राई, हिमाकुमारी चेम्जोङ्ग, आकृति आठपहरिया राई, भूदेवनारायण भगत, नगेन्द्र राई, नारायण कुमार आठपहरिया र ठगिन कुमार राईलाई प्रादेशिक प्रतिनिधिमा चयन गरेको छ । त्यस्तै, सञ्जय सन्तोषी राई र बिजय सन्तोषी राई, राजेश्वर बहादुर श्रेष्ठ, नगेन्द्र राई, विदुर खवास, यानिन्द्र तिगेला र वालिका मादेनलाई संघीय प्रतिनिधि चयन गरिएको फोनिज धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!