संगालोखबर सम्बाददाता
फायल तस्बीर

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ मा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हँुनेमा स्थानीय २९ बर्षीय डम्बर थापा छन् ।

शुक्रबार साँझ ७ बजे सडकको किनारमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा थापा घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राती करिव ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २६ बर्षीय राजन पराजुली घाइते भएका छन् । नोबेल अस्पतालमा उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!