- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको चिचिला गाँउपालिका–३ सोलाखानीमा ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अरुण तेस्रो जलविद्युत आयोजनाका कामदार भारतको मध्य प्रदेशका ४५ बर्षीय मुगेरीलाल सिंह छन् ।

निर्माणाधिन सुरुङभित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुंगा झरेर सिंहलाई किचेको थियो । ढुंगाले लागेर उनी घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!